Objectives

गौरीगञ्ज पूर्व विद्यार्थी समाज (GSES) का मुख्य उद्देश्यहरू देहायअनुसार रहेकाछन् :

  • साविक गौरीगञ्ज तथा खजुरगाछीका विद्यालयका पूर्व विद्यार्थीहरूबिच आपसी सहसम्बन्ध तथा सहकार्य कायम गर्दै उनीहरूलाई संस्थाको छातामुनि समेट्ने ।
  • संस्थाका सम्पूर्ण सदस्यहरूबिच मेलमिलाप, एकता कायम राखी सृजनात्मक एवं नेतृत्वादायी क्षमता विकास गर्नलाई उचित वातावरण तयार पार्न प्रयत्नशील रहने ।
  • सदस्यहरूबिच समन्वय कायम राखी सदस्यहरूको समस्या समाधान गर्न प्रयासरत रहने ।
  • साविकगौरीगञ्ज तथा खजुरगाछीका माध्यमिक विद्यालयलगायत आसपासका अन्य विद्यालयसँग सुमधुर सम्बन्ध कायम गरी सद्भावना अभिवृद्धि गर्दै आवश्यकताअनुसार सहयोग आदान प्रदान गर्ने ।
  • विद्यालय, गाउँ तथा समाजको उत्थानको लागि समाजिक सेवाको भावनालाई शिरोधार्य गरी समाज सेवामा संलग्न रही समयानुकुल सामाजिक हितका कार्यव्रmमहरू सञ्चालन गर्ने ।
  • गौरीगञ्ज तथा साविक खजुरगाछीका माध्यमिक विद्यालय तथा आसपासका अन्य विद्यालयहरूमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको पहिचान गरी शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने ।
  • सामाजिक, सांस्कृति, शैक्षिक सम्पदा, कला संस्कृति एवं सार्वजनिक सम्पत्तिको संरक्षण गर्न उचित पहलकदमी लिने एवं सो सम्बन्धमा देखा परेका समस्याहरू सुल्झाउन समुचित योगदान पुर्‍याउने तथा प्रतिनिधित्व गर्ने ।
  • सार्वजनिक विद्यालयहरूको शैक्षिक तर अभिवृद्धि गर्न संस्थाको तर्फबाट सक्दो योगदान गर्ने।
  • दैवी प्रकोपमा परेका असहाय एवम् पीडित व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने ।