
- गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व विद्यार्थी एवम् गौरीगञ्ज पूर्व विद्यार्थी समाजका सल्लाहकार प्रा. डा. कालुराम राई (केआर खम्बू) नेपालको संघीय संसद प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएकोमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट २०७९ माघ ९ का दिन हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
- गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व विद्यार्थी श्री अम्मरबहादुर विष्ट नेपालको प्रदेश १ सभाको सदस्य निर्वाचित हुनुभएकोमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट २०७९ माघ १२ का दिन हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।