
तदर्थ कार्यसमिति
मिति २०७७ फागुन २२ मा ललितपुर, कुमारीपाटी स्थित युनाइटेड एकेडेमीमा भएको गौरीगञ्ज माध्यमिक विद्यालय, झापाका पूर्व विद्यार्थीहरूलाई भेलाले गठन गरेको गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज को सात सदस्यीय तदर्थ कार्यसमिति
अध्यक्ष: डा.कविराज वान्तवा
उपाध्यक्ष: रमेशप्रसाद कोइराला
सचिवा: डा.लेखनाथ पौडेल
कोषाध्यक्ष: वेदेन्द्र ढकाल
सदस्यहरू: अजय दास
प्रकाश रिमाल
निर्मला शर्मा
तदर्थ कार्यसमितिका मुख्य कार्यहरू
- विधान तयार गरी ललितपुर जिल्ला प्रशासन कार्यालयमा २०७८ चैत्र २७ गते गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज (GSES) दर्ता (दर्ता नं. ५८२५) गरेको थियो ।
- गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थीबिच सम्पर्क विस्तार , सदस्यता वितरण र साधारणसभाको तयारी गरेको थियो ।
- २०७९ असोज १ गते ललितपुरमा प्रथम साधारण सभा सम्पन्न गरी साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको थियो ।