गौरीगञ्ज मा.वि. गौरीगञ्ज, झापा र गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्जसम्पर्क समितिको अनुरोधमागौरीगञ्ज माध्यमिक विद्यालयको शैक्षिक परीक्षण (Academic Audit) गरी शैक्षिक सुधारको योजना निर्माणमा सहयोग गर्नका लागि यस गौरीगञ्ज पूर्व विद्यार्थी समाजबाट विज्ञका रूपमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका फ्याकल्टी डा. वासुप्रसाद सुवेदीलाईपठाइएको थियो । उहाँलेनिर्धारित सूचक तथा मापदण्ड प्रयोग गरी मिति २०८० भदौ ३ देखि ६ गतेसम्म विद्यालयको शैक्षिक परीक्षण गर्नु भएको थियो। उक्त परीक्षणका लागि आयोजित परिचयात्मक सत्रमा विद्यालयका शिक्षक तथा कर्मचारीहरू विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्जसम्पर्क समिति सदस्यहरूसमेत उपस्थित हुनुहुन्थ्यो भने गौरीगञ्ज पूर्व विद्यार्थी समाजका कोषाध्यक्ष वेदेन्द्र ढकालले सो परिचयात्मकसत्र सञ्चालनमासमन्वय गर्नु भएको थियो ।
परीक्षण समाप्त भए पछि नतिजा प्रस्तुति र आगामी योजना निर्माण तथा शैक्षिक सुधारका लागि विधि, प्रक्रिया र प्राथमिकता सम्बन्धमा विद्यालयका शिक्षक तथा कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू,गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्जसम्पर्क समिति सदस्यहरू तथा अन्य केही सरोकारवालासँग डा. सुवेदीको सहजीकरणमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
यो कार्य सम्पादन गर्ने विज्ञडा. वासुप्रसाद सुवेदी,काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्जसम्पर्क समितिका अध्यक्ष श्याम ढकाल तथा अन्य सदस्यहरू, विद्यालयका प्रधानाध्यापक गोविन्द घिमिरे तथा सबै शिक्षक–कर्मचारीहरू, गौरीगञ्ज गाउँपालिका वडा नं.३ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण गिरी तथा सहभागी विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र यस कार्यमा विभिन्न तरिकाले सहभागी हुने तथा सहयोग पुर्याउने सबैलाई गौरीगञ्ज पूर्व विद्यार्थी समाज हार्दिक आभार व्यक्त गर्दछ ।
विद्यालयको शैक्षिक परीक्षणको यो नतिजा तथा शैक्षिक सुधारको योजना निर्माणमा भएको यस छलफलले विद्यालयको शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षासहित यस कार्यमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजलाई सहकार्यको अवसरका लागि विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछौँ ।
गौरीगञ्ज पूर्व विद्यार्थी समाज
कुमारीपाटी, लतिलपुर
मितिः २०८०⁄०५⁄०९