
गौरीगञ्ज पूर्व विद्यार्थी समाजद्वारा २०७९ माघ १२ गते गौरीगञ्ज मावि, गौरीगञ्जमा आयोजित पूर्व विद्यार्थीहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले सिफारिस गरेअनुसार गौरीगञ्ज पूर्व विद्यार्थी समाज कार्य समितिको मिति २०७९/१०/२१ को बैठकको निर्णयअनुसार गौरीगञ्ज पूर्व विद्यार्थी समाज(गौरीगञ्ज सम्पर्क समिति गठा गरी कार्यविवरणसमेत निर्धारण गरिएको छ ।
गौरीगञ्ज पूर्व विद्यार्थी समाज–गौरीगञ्ज सम्पर्क समिति
संयोजकः श्याम ढकाल,
सहसंयोजकः पाण्डव झा,
सचिवः केदार गडतौला,
सहसचिवः बेद्रु राजवंशी,
कोषाध्यक्षः सपना जोशी,
सदस्यहरूः शोभाकान्त दास, शुशिल राई, पवन दास, अविरल राई
आवश्यकतानुसार थप दुईजना सदस्य सम्पर्क समितिको बैठकले मनोनीत गर्न सक्ने ।गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्ज सम्पर्क समितिका गौरीगञ्ज
पूर्व विद्यार्थी समाज–गौरीगञ्ज सम्पर्क समितिका सल्लाहकारहरूः
संयोजकः धर्मानन्द खरेल,
सदस्यहरूः घनश्यम रिजाल, बाबुराजा श्रेष्ठ, देवी राजवंशी र भोला खतिवडा
गौरीगञ्ज पूर्व विद्यार्थी समाज–गौरीगञ्ज सम्पर्क समितिको कार्यविवरण
गौरीगञ्जका विद्यालय पूर्व विद्यार्थी समाज– गौरीगञ्ज पूर्व विद्यार्थी समाजको विधान २०७८ (पहिलो संसोधन २०७९) को दफा १६ (१) अनुसार गठन भएको गौरीगञ्ज पूर्व विद्यार्थी समाज–गौरीगञ्ज सम्पर्क समितिको कार्यविवरण विधानको को दफा १६ (२) अनुसार गौरीगञ्ज पूर्व विद्यार्थी समाज कार्यसमितिको मिति २०७९/१०/२१ बैठकले देहायबमोजिम निर्धारण गरेको छ:
क) साविकको गौरीगञ्ज तथा खजुरगाछी अन्तर्गतका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूबिच आपसी सहसम्बन्ध तथा सहकार्य कायम गर्दै उनीहरूलाई यस समाजमा आबद्ध गर्न साधारण वा आजीवन सदस्यता प्रदान गर्ने र आवश्यकताअनुसार सदस्यता नविकरण गर्ने ।
ख) गौरीगञ्ज माध्यमिक विद्यालयलगायत गौरीगञ्जका अन्य विद्यालयको उत्थानको लागि आवश्यक सहकार्य, सहजीकरण तथा पैरवी गर्ने ।
ग) गौरीगञ्जअन्तर्गतका सामाजिक, सांस्कृति, शैक्षिक सम्पदा, कला संस्कृति एवम् सार्वजनिक सम्पत्तिको संरक्षण तथा त्यहाँको सामाजिक, आर्थिक एवम् शैक्षिक विकासका लागि उचित पहलकदमी लिई रचनात्मक योगदान गर्ने ।
घ) गाउँ तथा समाजको उत्थानको लागि सामाजिक सेवाको भावनाअनुरूप सेवामा संलग्न रही समयानुकुल सामाजिक हितका कार्यव्रmमहरू सञ्चालन गर्ने तथा दैवी प्रकोपमा परेका असहाय एवम् पीडित व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने ।
ङ) संस्थाको उद्देश्य प्राप्तिका लागि कुनै पनि कार्यशाला, सभा–समारोह, गोष्ठी एवं भेला तथा अन्तरव्रिmया सञ्चालन गर्ने ।
च) गौरीगञ्ज पूर्व विद्यार्थी समाज कार्यसमिति तथा साधारण सभाबाट भएका निर्णय तथा निर्देशन पालना गर्ने गराउने तथा कार्यसमितिले सञ्चालन गर्ने कार्यमा आवश्यक सहभागिता गर्ने गराउने ।
छ) तोकिएको ढाँचामा सदस्यता विवरण र तोकिएअनुसार सदस्यता प्रवेश शुल्क, सदस्यता नविकरण शुल्क र सदस्यता शुल्क (आजीवन सदस्यको हकमा) कार्यसमितिलाई नियमित रूपमा पठाउने ।