
गौरीगञ्ज पूर्व विद्यार्थी समाज (GSES) द्वारा २०७९ माघ १२ गते गौरीगञ्ज मावि, गौरीगञ्ज, झापामा गौरीगञ्ज तथा खजुरगाछीका पूर्व विद्यार्थीबिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको थियो । यो कार्यक्रम गौरीगञ्ज पूर्व विद्यार्थी समाज (GSES) को मिति २०७९/९/२३ को बैठकले गौरीगञ्जलगायत निकटवर्ती क्षेत्रमा बसोवास गर्ने यस समाजका सम्भाव्य सदस्यहरूबिच अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने र उक्त मितिको सो कार्यक्रमा यस संस्थाको पदाधिकारीहरूको सक्रिय सहभागिता रहने निर्णय गरेअनुसार यस अन्तरक्रिया तथा छलफल कार्यक्रमको तयारीका लागि वेदेन्द्र ढकाल संयोजक तथा घनश्याम गौतम सदस्य रहेको कार्यव्रmम तयारी समितिलाई जिम्मेवारी दिइएको थियो । सोअनुसार २०७९ माघ १२ गतेका दिन गौरीगञ्ज मावि, गौरीगञ्जमा सो कार्यक्रम सञ्चालन गरियो । गौरीगञ्ज तथा खजुरगाछीका पूर्व विद्यार्थीहरू, यस समाजको पहिलो साधारणसभाको अवसरमा सम्मान गरिएका तर सो कार्यक्रममा उपस्थित हुन नसक्नु हुने गौरीगञ्ज माविका पूर्व शिक्षकहरू श्री हरिलाल बराल र श्री विष्णुमान श्रेष्ठ तथा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका पदाधिकारीहरू डा. कविराज वान्तवा (अध्यक्ष), डा. लेखनाथ पौडेल (महासचिव), वेदेन्द्र ढकाल (कोषाध्यक्ष), प्रकाश रिमाल (सदस्य) र घनश्याम गौतम (सदस्य) र गौरीगञ्ज पूर्व विद्यार्थी समाजका सल्लाहकार गोविन्द घिमिरेसहित ९२ जना सहभागी भएको कार्यक्रम गौरीगञ्ज पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. कविराज वान्तवाको अध्यक्षतामा सञ्चालन भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन गौरीगञ्ज पूर्व विद्यार्थी समाजका कोषाध्यक्ष वेदेन्द्र ढकाले गर्नु भएको थियो भने गौरीगञ्ज पूर्व विद्यार्थी समाजका सदस्य प्रकाश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा यस समाजको पहिलो साधारणसभाको अवसरमा सम्मान गरिएका तर सो कार्यक्रममा उपस्थित हुन नसक्नु हुने गौरीगञ्ज माविका पूर्व शिक्षक श्री हरिलाल बराल र श्री विष्णुमान श्रेष्ठलाई सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो भने स्वास्थ्यका कारण उपस्थित हुन नसक्नु हुने पूर्व शिक्षक श्री धर्मनारायण दास र पूर्व कर्मचारी श्री केशरबहादुर श्रेष्ठलाई उहाँकै निवासमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका पदाधिकारीसहित पुगेर सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका महासचिव डा लेखनाथ पौडेलले गौरीगञ्ज पूर्व विद्यार्थी समाज गठनका उद्देश्य तथा गतिविधि, यस कार्यक्रमको उद्देश्य, प्रक्रिया तथा स्वरूप स्पष्ट पार्नु भएको थियो । गौरीगञ्ज मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण गिरी, गौरीगञ्ज मावि प्रअ गोविन्द घिमिरे र धर्मानन्द खरेललगायत विभिन्न सहभागीहरूले गौरीगञ्ज माविका समस्या तथा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका सम्भाव्य क्रियाकलापका बारेमा आफ्ना धारणा तथा सुझाव राख्नु भएको थियो भने गौरीगञ्ज पूर्व विद्यार्थी समाजका उपस्थित पदाधिकारीहरू र सहभागीहरूबिच अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले अन्तरक्रियाका क्रममा गौरीगञ्ज माविका समस्याहरू विशेषता जग्गा जमिनलगायत भौतिक सम्पत्तिको सुरक्षा तथा सदुपयोग तथा शिक्षण सिकाइ र व्यस्थापकीय पक्षमा सुधारको आवश्यकता औँल्याउनाका साथै यसमा गौरीगञ्ज पूर्व विद्यार्थीले पनि आवश्यक निगरानी तथा सहजीकरण गर्नुपर्ने बताउनु भयो भने कतिपय सहभागाीले गौरीगञ्ज पूर्व विद्यार्थीका आगामी गतिविधि तथा गौरीगञ्ज पूर्व विद्यार्थी समाजको गौरीगञ्ज सम्पर्क समिति गठन सम्बन्धमा पनि आाफ्ना सुझाव राख्नु भएको थियो ।
उक्त भेलाले निम्नअनुसारको ११ सदस्यीय गौरीगञ्ज पूर्व विद्यार्थी समाजकको गौरीगञ्ज सम्पर्क समिति तथा सो सम्पर्क समितिका लागि ५ जनाको सल्लाहकार समिति गठनका लागि गौरीगञ्ज पूर्व विद्यार्थी समाजको कार्य समितलाई अनुरोध गरेको थियो । उक्त कार्यक्रममा गौरीगञ्ज पूर्व विद्यार्थी समाजको तर्फबाट गौरीगञ्ज माविको कक्षा १–५ का विद्यार्थीलाई स्वीटर वितरण गर्नुका साथै यस समाजका कोषाध्यक्ष वेदेन्द्र ढकालको पहलमा एकता बुक्सबाट प्राप्त पुस्तक गौरीगञ्ज माविलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा यस समाजका अध्यक्ष डा. कविराज वान्तवाले अन्तरक्रियाको सारांशसहित सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।